Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेप्से २ अंक बढीले ऋणात्मक


0
Shares

काठमाडौं, मंसिर १२ । अघिल्लो दिन नगन्य अंकले सकारात्मक रहेको सेयरबजार बुधबार पुनः ऋणात्मक रह्यो । कारोबार भने अघिल्ला दिनका तुलनामा सामान्य सुधारियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बढीले ऋणात्मक रहेर ११ सय ५९ कायम भएर थामियो । अन्यबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च २५ अंकले ओरालो लाग्यो । लघुवित्त समूह पनि दोहोरो अंकले घट्दा अरु भने सामान्य अंकले रातो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५३ कम्पनीका १३ लाख ९६ हजार कित्ता सेयर ४० करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।