२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


झापा प्रदेशस्तरीय पुरुष भलिबलको फाइनलमा


0
Shares

धनकुटा, मंसिर १२ । झापा धनकुटामा जारी प्रदेशस्तरीय मदन भण्डारी स्मृतिकप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भोजपुरलाई २५–२२, २५–१४ र २५–२१ को सोझो सेटमा पराजित गर्दै झापा उपाधिनजिक पुगेको हो ।

बुधबारै ओखलढुंगा र सुनसरीबीचको दोस्रो सेमिफाइनल खेल जारी रहेको अवस्थामा अँध्यारो भएपछि खेल बिहीबार बिहानलाई सारिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सन्चालित प्रतियोगिताको फाइनल खेल बिहीबारै हुने जनाइएको छ ।

प्रदेश नम्बर–१ का १४ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।