काठमाडौं, मंसिर १२ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा भएको भनिएको अनियमितताको सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयसँग राय मागेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मी, निर्देशक रामचन्द्र शर्मालगायतलाई बोलाएर छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार भए/नभएको अध्ययन गरी सात दिनभित्र राय दिन कार्यालयलाई निर्देशन दिइएको छ ।
बैठकमा सचिव रेग्मीले विमान खरिद र अनियमितता भएको भन्नेसम्बन्धी विषय औपचारिकरुपमा जानकारी नभएको बताएपछि अध्ययन गरी राय दिन कार्यालयलाई निर्देशन दिइएको हो ।
यसअघिको समिति बैठकले वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्