Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


टी-१० क्रिकेट लिगमा केरला नाइट्स पराजित, सन्दिप लामिछाने महंगा साबित


0
Shares

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने रहेको केरला नाइट्सले हार व्यहोरेको छ ।

लिगको दोस्रो चरणअन्तर्गत हिजो भएको खेलमा सन्दिपले विकेट लिन नसक्दा केरलालाई पन्जाबी लिजेन्ड्सले ३६ रनले हरायो ।

सारजाहमा भएको खेलमा पन्जाबले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन मात्रै जोड्न सक्यो ।

पन्जाबविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेटविहीन बने ।

यो खेलमा निकै महंगा साबित भएका सन्दीपले २ ओभर बलिङ गर्दै २८ रन खर्चिए ।

सन्दिपले अघिल्ला तीन खेलमा ६ विकेट लिएका थिए । जारी टि–१० लिगमा केरलाको यो दोस्रो हार हो ।