
काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी ओलीले आज सातै प्रदेशका मूख्यमन्त्रीसँग छलफल गर्दै छन् ।
छलफलका लागि मूख्यमन्त्रीका साथै प्रदेश प्रमुख र प्रमुख सचिवलाई पनि बोलाइएको छ ।
प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा मूख्य मन्त्रीसँग जानकारी लिन प्रधानमन्त्री ओलीले उनीहरुलाई काठमाडौं बोलाएका हुन् ।
ऐन कानून र कर्मचारीसमेत नपाएर हैरानी ब्यहोरिरहेका मूख्य मन्त्रीहरुले आफ्ना समस्या राख्ने तयारी गरेका छन् । खटाएका कर्मचारीसमेत काममा नजाँदा प्रदेश सञ्चानमा कठीनाई आएको छ ।
छलफलमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसमेत रहेन छन् । प्रदेश सरकारले बनाउनुपर्ने कानून बारे उत्पन्न अन्यौलको समाधान पनि छलफलबाट खोजिने बताइएको छ ।
पहिलो पटक संघीय अभ्यासमा मुलुक गएकाले प्रदेश सरकारहरु आफैं सञ्चालन हुन समय लाग्ने केन्द्र सरकारको बुझाई छ ।
तत्कालका लागि केन्द्रबाटै प्रदेशहरुलाई नमूना कानुन बनाएर पठाउनेदेखि, प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गरिने तयारी सरकारको छ ।
प्रतिक्रिया दिनुहोस्