
विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका, समयमै शुल्क नतिरेका तथा बीचमै विद्यालय छाडेका विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीका निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्टले जानकारी दिए ।
बैतडीमा यो वर्षको एसइई परीक्षामा ५ हजार ८०० भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।
चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षामा बैतडीमा २ हजार ७३६ छात्र र ३ हजार १५८ छात्रा गरी कुल ५ हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।
जसमा नियमिततर्फ २ हजार ५७३ छात्र र २ हजार ८१६ छात्रा गरी ५ हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेडतर्फ र ८ जना प्राविधिकतर्फ सहभागी हुनेछन् ।
परीक्षाका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ ओटा परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षामा ८०० भन्दा बढी जनशक्ति परिचालन गरिने भएको छ । २७ केन्द्राध्यक्ष, ३१ सहायक केन्द्राध्यक्ष, २४८ निरीक्षक, ४०५ सुरक्षाकर्मी र १३७ जना सहयोगी गरी ८४८ जनशक्ति परिचालन हुने जनाइएको छ ।
यस्तै, बैतडीमा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेका छन् भने केन्द्राध्यक्ष पनि खटिइसकेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्