
विश्व व्यापार प्रणालीमा वार्ताकाक्रममा रहेका विषय र नयाँ मुद्दाको सम्बन्धमा छलफल गरी बैठक सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।
सम्मेलनमा ४५ सदस्य राष्ट्रका वाणिज्यमन्त्री तथा उच्चस्तरका प्रतिनिधिहरु साथै विश्व व्यापार संगठका महानिर्देशकको सहभागिता रहेको थियो ।
उक्त बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले नेपालजस्ता सीमित उत्पादन क्षमता भएका अतिकम विकसित भूपरिवेष्ठित सदस्य राष्ट्रहरुले विभिन्न प्रकारका गैरकर अवरोधहरु सामना गर्नुपरेको र केवल अरुको निमित्त निर्वाध बजारमात्र बनिदिनुपरेको उल्लेख गरेका थिए ।
बैठकमा मुख्यरुपमा यसअघि ११औं मन्त्रिस्तरीय बैठकमा निर्णय हुन नसकेका विषय र विश्व व्यापार संगठनको विवाद निरुपण संयन्त्रमा सदस्य नियुक्तिको अवरुद्ध प्रक्रियालाई अघि बढाउनेबारेमा विभिन्न मुलुकका वाणिज्यमन्त्रीहरुले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्