‘समृद्धि संघीय नेपालका लागि इन्जिनियर’ भन्ने मूल नाराकासाथ काठमाडौंमा भएको नेपाल इन्जिनियर एसोसिएसनको १५औं नेसनल कन्भेन्सनको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले इन्जिनियरहरुले विकासका संरचनाहरु बनाउँदा वातावरणलाई असर नपर्ने गरी बनाउनुपर्नेमा ध्यानाकर्षण गराए ।
इन्जिनियर एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले देशभर ४३ हजार इन्जिनियरहरुमध्ये विकासका काममा उपयुक्त वातावरण नपाउँदा एकतिहाइ इन्जिनियरहरु विदेशिनु परेको गुनासो गरे । उनले यसप्रति सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराए ।









प्रतिक्रिया दिनुहोस्