काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी टी–टेन क्रिकेट लिगअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेको टोली केरला नाइट्स र राजपुट्सबीचको हिजोको खेल रद्द भएको छ ।
सारजाहमा खेल जारी रहँदा बर्षा भएपछि खेल रद्द भएको हो । खेल बर्षाले रोकिएसंगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।
बर्षाले खेल रोकिनु अघि टस हारेर पहिले ब्याटिङ गरिरहेको राजपुट्सले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन जोडेको थियो ।
खेल रद्द भएपछि नेपाली खेलाडी सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए ।
उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट झारेका थिए । योसंगै सन्दीपले ३ खेलबाट ६ विकेट लिएका छन् ।
यो खेलपछि साविक विजेता केरला ३ खेलबाट ३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । ३ अंक नै जोडेको राजपुट्स दोस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्