Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


धनकुटाको हिलेबजारमा प्रथम खाना महोत्सव हुने


0
Shares

धनकुटा, चैत ८ । रामनवमी पर्वको अवसर पारेर धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ ।

हिले पर्यटन प्रबद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा यही चैत ११ देखि १५ गतेसम्म प्रथम खाना महोत्सव आयोजना हुन लागेको हो ।

२० वटा स्टल रहने महोत्सवमा जातीय तथा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रदर्शनीमा राखिने क्षेत्रीय होटल एशोसिएशन नेपालका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने महोत्सवको ५० हजारले अवलोकन गर्ने र १ करोड रुपैयाँ बरावरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेका छन् ।

Skip This