१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दाङ प्रदेश राजधानीका लागि हरेक हिसाबले उपयुक्त : मुख्यमन्त्री पोखरेल


0
Shares

घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको शनिबार घोराहीमा उद्घाटन गर्दै उनले व्यवस्थित योजनाका साथ जनताका आवश्यकता पूरा गर्न लाग्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले अहिले स्थानीय तहहरुमा भौतिक संरचना र जनशक्तिको अभावले काममा केही सुस्तता आएको बताउँदै भौतिक संरचना र जनशक्तिलाई छिटोभन्दा छिटो स्थानीय तहहरुमा हस्तान्तरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए ।

मुख्यमन्त्री पोखरेलले दाङ प्रदेशको राजधानीका लागि हरेक हिसाबले उपयुक्त रहेको बताउँदै त्यसको अधिकार प्रदेशसभालाई रहेकाले प्रदेशसभाको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने बताए । रासस