
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा विधान संशोधन मस्यौदा पेश भएको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गरेका हुन् ।
लामो समयदेखि मस्यौदाका विषयमा सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको विधान मस्यौदा केन्द्रीय समितिमा पेश गरेका हुन् ।
पदाधिकारी र संसदीय समितिको संख्याका साथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायतका विषयमा मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय समितिमै दफावार छलफल हुनेछ ।
महामन्त्री खड्काले विधानको मस्यौदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि दिइने छ । योसँगै फेरि केही दिन मस्यौदा पढ्नका लागि सदस्यहरुले समय पाउने छन् ।
त्यसपछिमात्र फेरि केन्द्रीय समितिको बैठक बस्ने र निरन्तर छलफल हुने बताइएको छ ।
यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा बस्ने महासमिति बैठकले विधान पारित गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्