१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


जिल्ला प्रशासन कार्यालय तीन जनाको भरमा


0
Shares

हुम्ला, चैत ११ । जिल्ला प्रशासन कार्यालय हुम्ला तीन जनाको भरमा चलेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले दैनिक कामकाज चलाउँदै आएका हुन् ।

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नायव सुव्वा २, खरिदार ४, लेखापाल १, कम्प्युटर अपरेटर १, सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ६ जनाको दरवन्दी रहेको कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीको भरमा प्रशासन चलेको शर्माले जानकारी दिए ।

कार्यालय सहयोगीले नागरिकतादेखि कम्प्युटरको काम समेत गर्नु परेको छ । स्थानीय तहमा पनि प्रत्येक वडाको लागी पर्याप्त वडा सचिव नभएकाले एकै जनाले तीन, चार वडाको काम गर्नु परेको कर्मचारी बताउँछन् ।

१७ जनाको दरवन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा हाल ८ जनाले काम गर्दै आएका छन् ।