
म्याग्दी, असार १३ । म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ स्थित विमको बाइन्दाफाँट विमराङमा रहेको पर्यटकीय ‘बराहा ताल’ ओझेलमा परेको छ ।
पर्यटकीय महत्वको भएर पनि पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा बराहा ताल ओझेलमा परेको हो ।
करिब आधा रोपनी क्षेत्रफलमा फैलिएको यो तालमा म्याग्दीकै प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिर रहेको छ ।
तालबाट धौलागिरि हिमालको प्रतिविम्मका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर गामीण वस्ती, वन जंगल देख्न सकिन्छ ।
बाइन्दाफाँट गाउँको सिरानमा रहेको यो ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले माग गरेका छन् ।
यो तालमा रहेको जलवराहाको पूजा गरेर भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ ।
मालिका गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रेशम जुग्जालीले ताल संरक्षणका लागि एकीकृत योजना बनाइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्