Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


प्रधानमन्त्री ओलीले इयूलाई यसरी दिए चेतावनी (भिडियो)


0
Shares

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आइतबार काठमाडौंमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन प्रतिवेदन सार्वजनिक गर्दै उनले इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउन आग्रह गरे ।

इयूको प्रतिवेदनले आफू हेपिएको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवमूल्यन नगर्न पनि इयूको ध्यानकर्षण गराए ।

निर्वाचन पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको प्रतिशोध इयूले प्रतिवेदनमार्फत् व्यक्त गरेको दाबी गरे ।

आफू प्रजातन्त्रको लागि अडिग रहेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको अभियानमा नेपाली जनताले चलाएको आन्दोलको स्मरण गरे ।

कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैको प्रधानमन्त्री ओलीले प्रशंसा पनि गरे ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उनले निर्वाचनमार्फत् प्रतिनिधित्वको न्यायोचित प्रणाली सुदृढ भएको बताए ।

निर्वाचनमार्फत् मुलुक नयाँ चरणमा प्रवेश गरेपनि अझै केही चुनौती बाँकी रहेकाले सजग भएर हिँड्नुपर्ने उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्