
आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा पर्यटनमन्त्री अधिकारीले हवाई दुर्घटनाका कारण पत्ता लगाएर समस्या समाधानका लागि गृहकार्य सुरु भइसकेको जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एअर ट्राफिकको समस्यालाई आफूले गम्भीरताका साथ लिएको उनको भनाइ छ ।
मन्त्री अधिकारीले मुलुकभरका विमास्थलहरुको भौतिक पूर्वाधारको विकास गर्न आफू दत्तचित्त भएर लागेको पनि बताए ।
अर्को एक प्रसंगमा मन्त्री अधिकारीले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियाले चाँडै नै मूर्तरुप लिने दाबी गरे ।
देश विकास र स्थायित्वका लागि धेरै पार्टीको आवश्यकता नपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्