Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


कम्बोडियाका उपप्रधानमन्त्रीसहितको टोलीद्वारा तिलौराकोट भ्रमण


0
Shares

उपप्रधानमन्त्रीसहितको टोलीले भगवान् गौतमबुद्ध जन्मेको लुम्बिनी र २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्दोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाललगायतको अवलोकन गरेका हुन् ।

तिलौराकोट दरबारमा लगातार गरिएको पाँचौं वर्षको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समयभन्दाअघि नै मानव सभ्यताको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालयसहितको टोलीले गरेको अध्ययन–अनुसन्धानपछि पुष्टि भएको लुम्बिनी विकास कोष कपिलवस्तुस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख माधवप्रसाद आचार्यले पथप्रदर्शन गर्दै उपप्रधानमन्त्री डा. हेङलाई जानकारी गराएका थिए ।

अवलोकनपश्चात् पुरातात्विक क्षेत्र उत्खनन्मा पुरातत्वविद्हरुको कामको उपप्रधानमन्त्री हेङले सरहाना गरेको जनाइएको छ ।

लुम्बिनीबाट आइतबार दिउँसो तिलौराकोट आएको सो टोली अवलोकनपछि पुनः लुम्बिनी फर्किएको छ ।