काठमाडौं । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।
एन्टिगुवामा आज बिहान भएको फाइनलमा इङ्ल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि उचालेको हो ।
अष्ट्रेलियाका लागि महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको यो चौथो उपाधि हो । यसअघि उसले सन् २०१० देखि २०१४ सम्म लगातार तीन पटक उपाधि जितेको थियो ।
सन् २००९ मा सुरु भएको प्रतियोगितामा एक पटक इङ्ल्यान्ड र एक पटक वेष्टइन्डिजबाहेक हरेक संस्करणको उपाधि अस्ट्रेलियाले जितको छ ।
आज बिहान भएको फाइनलमा इङ्ल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । विजयी टोलीका लागि आस्ली गार्डनरले ३३ रन जोडिन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ड्यानियल वेटको ४३ रनको मद्दतले १ सय ५ रन बनाएको थियो ।
सेमिफाइनलमा आयोजक एवं साविक विजेता वेष्टइन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया तथा भारतलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेका थिए ।








प्रतिक्रिया दिनुहोस्