
बीबीएस पढ्ने विद्यार्थीको संख्या त झनै बढी छ । तर, बजारले खोजेकोजस्तो शिक्षा दिन नसक्दा भर्ना हुने विद्यार्थी बढेपनि गुणस्तरीय विद्यार्थी भने उत्पादन हुन सकेका छैनन् ।
स्नातक तह पढ्ने विद्यार्थीको संख्यालाई हेर्ने हो भने कुल विद्यार्थी संख्याको झन्डै ५० प्रतिशत विद्यार्थी व्यवस्थापन संकायमा भर्ना हुन्छन् ।
काठमाडौंको व्यवस्थापन विषय पढाउने परिचित शंकरदेव र नेपाल कमर्स क्याम्पसमामात्र हजारौं विद्यार्थी वर्षेनि भर्ना हुन्छन् । तर, विद्यार्थी उत्तीर्णको प्रतिशत भने २० देखि २२ मात्र छ ।
रोजगार र उद्यमशील भएकाले यो विषय रोजेको तर्क विद्यार्थीको छ । त्यसमा पनि पहिलो रोजाइमा बीबीएस छ ।
विद्यार्थीको चाहना र बजारको मागअनुसारको शिक्षा दिन नसक्दा अन्तिम वर्षसम्म पुग्दा विद्यार्थी आधाआधी घटिसक्ने नेपाल कमर्स क्याम्पस प्रमुख डा. जीवनकुमार भट्राईको भनाइ छ ।
सरकारी क्याम्पसहरुमा विद्यार्थीको मूल्यांकन गर्ने प्रणाली नै छैन । वर्षभरि पढ्यो, एकपटक परीक्षा हुन्छ । विद्यार्थीलाई आफू कहाँ छु ? कति पढ्नुपर्छ ? भन्ने नै थाहा हुँदैन । जसका कारण न त विद्यार्थीले आफूलाई सुधार गर्न सक्छन्, न त बजारले खोजेकोजस्तो शिक्षा पाउनै सकिन्छ ।
त्यसैले त त्यस्ता युवा विदेश भासिनुको विकल्प छैन भन्छन्, त्रिभुवन विद्यालय व्यवस्थापन केन्द्रीय विभाग प्रमुख डा. भोजराज अर्याल ।
त्रिभुवन विद्यालयले स्नातकोत्तर तहको सबै विषय सेमेस्टर प्रणालीमा सन्चालन गरेपनि मापदन्ड भने लागू गरेको छैन ।
सेमेस्टर प्रणालीमा कसरी पढाउने भन्ने शिक्षकलाई तालिम र विद्यार्थीलाई जानकारी नहुँदा गुणस्तर खोजेजस्तो हुन नसकेको डा. अर्यालको बुझाइ छ ।
काठमाडौंको शंकरदेव क्याम्पसमा विद्यार्थीको संख्या धेरै हुँदा एउटै सेक्सनमा १५० विद्यार्थी पढ्छन् ।
कति विद्यार्थी भर्ना लिने, कसरी गुणस्तरीय शिक्षा दिने भन्ने नीति नै नहुँदा सुरुमा विद्यार्थी संख्या बढेपनि उत्तीर्ण प्रतिशत कम हुनुका साथै गुणस्तरीय विद्यार्थी उत्पादन हुन नसकेको गुनासो शंकरदेव क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यको छ ।
प्रतिक्रिया दिनुहोस्