Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


‘सभापतिज्यू, अब केमा भोट हाल्ने ?’


0
Shares

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो तीन पृष्ठ लामो लिखित धारणा राख्दै कांग्रेसमा बौद्धिक नेताकारुपमा चिनिने कोइरालाले पार्टी सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै भने–‘एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा, अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ?’

उनले बैठकमा लिखित धारणा राख्दै आफ्नो प्रश्नमा कार्यकर्ताकोसमेत प्रश्न समावेश रहेकाले कार्यकर्तालाई के जवाफ दिने भन्दै सभापतिलाई प्रतिपश्न गरेका छन् ।

आफूले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै सभापतिज्यूलाई पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिस्टले कब्जा गर्छ भन्दै सचेत गराएको तर सभापतिले बेवास्ता गरेका कारण पार्टी हारको अवस्थामा पुगेको दाबी गरे ।

उनले पार्टीभित्र आजसम्म पनि कम्युनिस्टहरुसँगको सहकार्यको परिणामले देश र जनतालाई हित ग¥यो कि गरेन भन्ने बहस कायम रहेको आफ्नो लिखित धारणामा भनेका छन् ।

कोइरालाले पार्टीको निर्वाचन चिह्नमा मत माग्न छाडेर अरुको चिह्नमा मत मागेका कारण आमकार्यकर्ताको मनोबल गिरेको भन्दै गुमेको शाख जोगाउन धेरै मिहिनेत आवश्यक पर्ने औंल्याएका छन् ।

कोइरालाले कांग्रेसलाई इतिहासमा नै कमजोर बनाइएको भन्दै कारण खोजिनु जरुरी भएकोसमेत बताए ।

राजधानी दैनिकबाट साभार ।