२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेतृत्वको आलोचना


0
Shares

निर्वाचनको समीक्षा र समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले एकताबद्ध भइ अघि बढ्न नसकेकाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा राम्रो परिणाम नआएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

उनीहरुले पार्टीका भ्रातृसंगठनहरु प्रभावकारीरुपमा परिचालन गर्न नसकेकोमा नेतृत्वको ध्यानाकर्षण गराए ।

नेताहरुले नेपालको संविधान र क्षेत्राधिकारभन्दा बाहिर गइ युरोपेली युनियनले निर्वाचन पर्यवेक्षण प्रतिवेदन दिएको भन्दै आपत्ति पनि व्यक्त गरे ।

शुक्रबारदेखि जारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले अझै केही दिन चल्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।