२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा लाग्नोस् : नेपाल


0
Shares

बुधबार पर्साको छिपहरमाइ गाउँपालिकामा रहेको ओरिया खोलाको बाँध निर्माण योजनाको शिलान्यास गर्दै नेपालले जनताले चुनेका जनप्रतिनिधिहरुलाई दलगत स्वार्थभन्दामाथि उठेर विकास निर्माणमा लाग्न आह्वान गरे ।

अहिलेको कम्युनिष्ट गठबन्धनको सरकार इतिहासमै सबैभन्दा बलियो भएकाले अब योजनाबद्धरुपमा विकासकार्यमा लाग्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

वाम गठबन्धनको सरकारबाट एउटा नयाँ आशा जागेकाले अब कुनै बहाना जनतामाझ नचल्ने उनको भनाइ थियो ।