
जल क्षेत्रको माध्ययमबाट पर्यटन क्षेत्रको विकासका लागि रुपन्देहीका उद्योगी तथा व्यवसायीले मंगलापुरमा वाटर पार्क संचालनमा ल्याएका छन् ।
वाटर पार्क काठमाडौं बाहिरको दोस्रो भएको लगानीकर्ताको दाबी छ ।
७ वर्ष कोरिया बस्दा वाटर पार्कमै काम गरेर अनुभव बटुलेका बुटवल चाँदवारीका कृष्ण खनालको ‘अवधारणा’ मा वाटर पार्क संचालनमा ल्याइएको हो ।
लुम्बिनी हेल्थ वाटर किङ्डममार्फत ३ वर्षअघि वाटर पार्क निर्माणको काम शुरु भएको थियो ।
६० जनाको साढे २ करोड रुपैयाँभन्दा बढीको लगानीमा ४४ कट्ठा क्षेत्रफलमा यो वाटर पार्क सञ्चालनमा ल्याइएको खनालले जानकारी दिए ।
वाटर पार्कमा बालबालिका, युवायुवतीदेखि जुनसुकै उमेरका व्यक्ति रमाउन सक्ने लगानीकर्ताको भनाइ छ ।
हाल पार्कमा दुईवटा स्लाइडर पुल, एउटा वेभ पुल र एउटा टाइड्स पुल सञ्चालनमा ल्याइएको छ ।
पार्कको बीचमा रेष्टुराँसहितको वाटर बोटिङका लागि पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
वाटर पार्कमा २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । वाटर पार्कमा एकपटकमा १ हजार जनाले सेवा लिन सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्