
भगवान श्री महावीरको २६१७ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यसका लागि समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताए ।
प्रधानमन्त्री ओलीले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष पूरा गर्न सरकार लाग्ने उल्लेख गरे । समाजलाई भड्काएर कुबाटोमा लगाउने कसैलाई पनि छुट नदिईने प्रष्ट गरे ।
कार्यक्रममा नेपाली कांग्रसका नेता गगन थापाले यतिबेला धर्म र जातको विषय उचालेर उत्तेजित बनाउने तत्व सक्रिय भएकाले सचेत रहन सबैमा अपील गरे कार्यक्रममा भगवान महावीरको दिव्य सन्देशबारे चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्