सागर महत/ईमेज:
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैंचामा भगवान् गौतम बुद्धको मूर्ति स्थापना गरिएपछि पर्यटक आवागमन वृद्धि भएको छ ।
शान्ति बगैंचालाई पर्यटकीय स्थल बनाउँदै शान्तिको सन्देश फैलाउने उद्देश्यले बुद्धको मूर्ति स्थापना गरिएपछि यो बगैंचा निकै सुन्दर पनि बनेको छ ।
केही समय पहिले आपका रुखहरु मात्र रहेको शान्ति बगैँचा अहिले साँच्चिकै सुन्दर बन्ने क्रममा छ ।
पर्यटकको आकर्षण र शान्तिको सन्देश फैलाउने उद्देश्यले बगैँचालाई आधुनिक र व्यवस्थित बनाउने अभियानमा नगरपालिका र स्थानीय जुटिरहेका छन् ।
गत भाद्र महिनामा ७ लाख बराबरको बुद्धको मुर्तीको राखिएपछि बगैँचाको स्वरुप नै फेरिएको छ साथै बगैँचा अवलोकन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै छ ।
लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै सन्धिखर्कमा ल्याउने उद्देश्यका साथ शान्ति बगैंचामा भगवान गौतम बुद्धको मुर्ती राखिएको हो ।
बगैंचाको व्यवस्थापनको लागि स्थानीयवासी र नगरपालिकाबाट पहल भइरहेको छ ।
मानसिक शान्ति खोज्नेहरुका लागि पनि अनुकूल रहेको यस ठाउँमा दैनिक ५ सय मानिसले अवलोकन गरिरहेको स्थानीय मनकला भट्टराई बताउँछिन् ।
बगैचामा रहेका आँपका नयाँ योजनाका साथ व्यवस्थित गरी पर्यटकीय शान्ति क्षेत्रका रुपमा विकास गर्ने तयारी गरिएको छ ।
वरपर फुल, पानीका फोहरा, तथा उद्यानपार्कको बनाइँदै छ ।
त्यस्तै बगैंचामा अरु पनि विभिन्न कार्य अगाडि बढेको नगरप्रमुख कमलप्रसाद भुसालले जनाए । यस बर्षको लागि २० लाख रकम विनियोजन भएको थियो ।
अब ६० लाख रकम जुटे निर्माण कार्य सहजताका साथ सम्पन्न हुने नगरप्रमुख भुसालको भनाइ छ ।
बगैंचामा बिरुवा लगाउनका लागि भैरहवावाट अशोक, क्रिसमस ट्रि, धुपी सल्लालगायतका बिरुवाहरु ल्याउने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्