
धनगढीमा भएको भेटवार्ताकाक्रममा मुख्यमन्त्री भट्टले नेपाल–भारत जोड्ने गौरीफन्टा र झुलाघाट नाकाको स्तरोन्नति लागि समन्वय गर्न राजदूत पुरीसँग आग्रह गरे ।
भेटमा भारत कृषिको क्षेत्रमा निकै अगाडि रहेको बताउँदै मुख्यमन्त्री भट्टले त्यहाँको प्रविधि भित्र्याउनसके प्रदेश–७ मा पनि कृषिको क्षेत्रमा प्रगति गर्नसकिने विषयमा छलफल भएको जानकारी दिए ।
यो कुनै योजनाबद्ध वा विषयगत भेटवार्ता भने नभएको उनले स्पष्ट पारे ।
भारतीय राजदूत पुरी महेन्द्रनगर आउनेक्रममा भेट्न चाहेको परराष्ट्र मन्त्रालयबाट जानकारी आएको र सोअनुसारै भेट भएको मुख्यमन्त्री भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस्