
संघीय संसदको बैठकलाई बिहीबार अपराह्न सम्बोधन गर्दै उनले भ्रष्टचार, मनोमालिन्य र विधिको खिलापमा हुने काम अब बन्द गर्नुपर्नेमा जोड दिइन् ।
नयाँ संविधानलाई व्यवहारले अनुमोदन गरिसकेको भन्दै उनले केही असन्तुष्टि भएपनि त्यसलाई निर्वाचनमा आएको परिणामका आधारमा अघि बढाउने ‘म्यान्डेट’ रहेको उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले ‘पक्ष/प्रतिपक्षभन्दा पनि जनताको इच्छामा आधारित विकासमा सबै एकै ठाउँ उभिनुपर्छ’–भनिन् ।
नेपाल बहादुरी, गौरव बोकेको देश भएको भन्दै राष्ट्रपति भण्डारीले त्यसको गरिमालाई कायम राख्दै अब विकास र समृद्धिका लागि लाग्नुपर्नेमा जोड दिइन् ।
यस वर्ष भएका विभिन्न तहका निर्वाचनले लामो समयसम्मको संक्रमण अन्त्य भएको भन्दै उनले विकासको फलमा सबैको समान पहुँच हुनेगरी समृद्धिको यात्रा तय गर्नुपर्नेमा जोड दिइन् ।
सबै तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता र समर्थन रहेको भन्दै राष्ट्रपति भण्डारीले सबैलाई सम्मान व्यक्त गरिन् ।
उनले छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई सुदृड बनाउँदै लानुपर्ने र विश्वमा नेपालको शान्तिप्रिय छवि उजागर गर्नुपर्नेमा जोड दिइन् ।
उनले सबै अंग र तह–तप्कामा सदाचारी, अनुशासित भावनाको आवश्यकता रहेको भन्दै ‘४१ प्रतिशत महिला सहभागिताले उत्साह थपेको छ’–भनिन् ।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि बनेको संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई राष्ट्रपति भण्डारीले बिहीबार पहिलोपटक सम्बोधन गरेकी हुन् ।
राष्ट्रपति भण्डारी संसद भवन पुग्दा उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतकाले स्वागत गरेका थिए ।
सम्बोधनको सुरुमा राष्ट्रपति भण्डारीले आफ्नो दायाँतर्फ बसेका उपराष्ट्रपति नन्दबहादुर पुनलाई सम्बोधन गर्न बिर्सिएकी थिइन् ।
करिब १५ मिनेट लामो सम्बोधनकाक्रममा राष्ट्रपति भण्डारीले व्यक्त गरेको महत्वपूर्ण भनाइहरु हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्