१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


नवीकरणीय ऊर्जा प्रविधिमा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


0
Shares

नवीकरणीय ऊर्जा प्रविधिमा विकाससम्बन्धी काठमाडौंमा सुरु भएको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले प्रविधिहरुको दुरुपयोग रोक्नुपर्नेमा जोड दिए ।

काठमाडौं युनिभर्सिटी परिषद्ले आयोजना गरेको सम्मेलनमा ग्रामीण भेगमा ऊर्जा प्रविधि विकासलाई कसरी प्राथमिकता दिन सकिन्छ भन्नेबारे छलफल हुने जनाइएको छ ।

‘प्रत्येक घर, ऊर्जा घर’ भन्ने मुल नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

यस्तै, सम्मेलनले ऊर्जादशक मनाउँदै ऊर्जादशकले नेपालको प्रमुख प्राथमिकताकारुपमा जलविद्युत् विकासका लागि तीव्रगति प्रदान गर्ने विश्वास लिएको छ ।

सम्मेलन उद्घाटनकाक्रममा इआर खिमण्डा कँडेलद्वारा लिखित ‘जलविद्युत्मा बहुव्यापक सम्भाव्यता’ पुस्तक पनि विमोचन गरिएको थियो ।

सम्मेलनमा नेपालसहित २५ देशका करिब ३०० प्रतिनिधिहरुको सहभागिता रहेको छ ।