काठमाडौं, मंसिर ७ । बर्जर पेन्ट्सले मोबाइल एप सन्चालनमा ल्याएकोे छ ।
पेन्ट्सले आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्न मोबाइल एप सुरु गरेको जनाएको छ ।
पेन्ट्सले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो ।
ग्राहकहरुले एप डाउनलोड गरेर यसबाट आफ्नो घरमा लगाउने रङहरु छान्न सक्नेछन् ।
साथै, मोबाइल एपबाट ग्राहकहरुले आफ्नो घरका लागि लगाउने रङ छानेर रङ लगाउने ठाँउको जानकारी गराएपछि यसका लागि लाग्ने रकमकोसमेत जानकारी पाउनसक्ने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्