Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


‘जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजात २४ घन्टाभित्र उपलब्ध गराइन्छ’


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ जहाज खरिदबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि चासो देखाएको छ ।

समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सरोकारवालाहरु बोलाएर छलफल गरेको हो ।

मन्त्री अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रियाको सम्पूर्ण कागजात २४ घन्टाभित्र समितिलाई उपलब्ध गराउने बताएका छन् ।

समितिमा सांसदहरुले खरिद प्रक्रियाको सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरेसँगै पर्यटनमन्त्री अधिकारीले विवरण उपलब्ध गराउन निगम अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री अधिकारीले दुईओटा एअरबस निगमले किनेरै ल्याएको र तिनको स्वामित्व पनि निगमसँगै भएको दाबी गरेका थिए ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले दुई कम्पनीबीच भएको सम्झौता सार्वजनिक गर्न नहुने भन्दै आएपनि मन्त्री र सांसदहरुको चर्को दबाबपछि सम्झौतालगायत कागजात उपलब्ध गराउने बताएका थिए ।

समितिले छानबिन गर्न उपसमिति पनि बनाएको छ ।

कांग्रेस सांसद प्रकाशमान सिंहको संयोजकत्वमा गठित उपसमितिमा नेकपाका सांसद नारदमुनि राना र संघीय समाजवादी फोरम नेपालकी सांसद रेनुका गुरूङ सदस्य रहेका छन् ।

Skip This