Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बाइसधारामा मेला


0
Shares

प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ ।

बालाजुमा स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचोडाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्धले आएर बसेको मानिन्छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको आस्था केन्द्रकारूपमा रहेको बालाजु क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ ।

उक्त स्थानमा यो दिन नुहाउनाले शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमासमेत पुन्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

विक्रम संवत् १८१२ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको हो ।

Skip This