Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


धर्नामा संलग्न कृष्ण पहाडीसहित ३४ जना प्रहरीको नियन्त्रणमा


0
Shares

सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दन्डहीनताको अन्त्यका लागि शान्ति समाजले हरेक वर्ष चैत १७ गते धर्ना र प्रदर्शनी गर्दै आएको छ ।

नयाँ सरकार गठनसँगै टीकापुरलगायतका दुर्दान्त घटनाका आरोपित, संलग्नहरुको मुद्दा फिर्ता लिने र आममाफी दिन खोजेको भन्दै समाजले खबरदारी गर्नेक्रममा धर्ना गर्दा अधिकारकर्मीलाई पक्राउ गरेको उक्त संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकचोक बालुवाटारबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाइँ, संस्थापक सदस्य कृष्ण कँडेलसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटीमन्डपमा राखेको जनाइएको छ । रासस