२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्णाली प्रदेशलाई मुलुककै पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको तयारी (भिडियो)


0
Shares

नेपालकै आकर्षक पर्यटकीय गन्तव्यको सन्देश दिनलाई कर्णाली प्रदेश सरकारले २०७५ लाई पर्यटन वर्षकारुपमा मनाउने तयारी गरेको छ ।

‘कर्णाली समृद्धिको आधारः पर्यटनको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश मन्त्रिपरिषदको निर्णयले आगामी वैशाख १ गतेदेखि कर्णालीमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मुगुको रारातालमा हुने महोत्सवबाट कर्णाली प्रदेश पर्यटन वर्षको शुभारम्भ गर्ने भएको हो ।

कर्णाली विकट र सुविधाहीन भन्ने परिचय बदल्नसमेत पर्यटन वर्षले सघाउ पु¥याउने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

कर्णालीको प्राकृतिक भू–बनोट र साँस्कृतिक बनोट पर्यटकका लागि आकर्षक गन्तव्य धेरैलाई जानकारी नभएकाले कर्णालीको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागेको मन्त्री रावलको भनाइ छ ।

पर्यटन वर्षको शुभारम्भकारुपमा गर्न लागिएको महोत्सवले रारालगायतका पर्यटकीय क्षेत्रमा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ध्यानमा राखी सडक मर्मत र सुधारको काम सुरु गरिएको भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीले बताए ।

कर्णाली प्रदेशमा मुगुको राराताल, सुर्खेतको काँक्रेबिहार, देउतीबज्यै, दैलेखको पादुका, नाविस्थान, श्रीस्थान, कोटिला, पञ्चदेवल, जुम्लाको चन्दनाथको मन्दिर, कालिकोटको पातल झर्ना, डोल्पाको से–फोक्सुन्डो ताल, महावु लेकलगायतका थुप्रै पर्यटकीय क्षेत्र रहेका छन् ।

कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सव आयोजना गरिएको हो ।

महोत्सवकाक्रममा उत्कृष्ट पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटक भित्र्याइ आर्थिक समृद्धिमा प्रदेश सरकार अगाडि बढ्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

महोत्सव सम्पन्न गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

महोत्सव सन्चालनका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको संंयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, कानुनमन्त्री नरेश भण्डारीको सांयोजकत्वमा आवास तथा सुरक्षा समिति, सामाजिक विकासमन्त्री दल रावलको संयोजकत्वमा स्वास्थ्य तथा प्रचार समिति र सहकारीमन्त्री विमला केसीको संयोजकत्वमा खाद्य तथा कोसेली व्यवस्थापन समिति गठन भएका छन् ।

भिडियो हेर्नुहोस्