
पछिल्लो समय स्याङगाउँका अधिकांश किसान व्यावसायिक गाईपालनबाट आत्मनिर्भर भएका छन् ।
खेतीबालीका लागि चाहिने अर्गानिक मलको पूर्ति गर्ने र दूध बेचेर आर्थिक लाभ लिनसकिने भएपछि उनीहरु पछिल्लो समय गाईपालनतर्फ लागेका हुन् ।
स्याङमा गाई पाल्नेको संख्या वर्षेनि वृद्धि हुँदै गएको छ । गाउँका करिब ३५ घरधुरीले व्यावसायिक गाईपालन गर्दै आएका छन् ।
स्थानीयस्तरमै काम गर्नसकिने भएपछि स्याङका युवाले कृषि तथा पशुपालन व्यवसायलाई अघि बढाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्