Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


जापानबाट फर्किएपछि परराष्ट्रमन्त्री ज्ञवालीले के भने ?


0
Shares

काठमाडौं, मंसिर ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापान सरकारले नेपाललाई विगतमा दिँदै आएका सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

जापानको पाँचदिने भ्रमण तथा एक दिनको थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै जापानले पूर्वाधार विकास, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन, विपद् न्यूनीकरणलगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

यस्तै, जापान सरकारबाट ३५० मिलियन जापानी ऐन बराबरको अनुदान नेपालमा खाद्य सहायता कार्यक्रम सन्चालन गर्न उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको पनि उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले जापानमा आयोजित नेपालमा लगानीसम्बन्धी सेमिनारमा लगानीकर्तामाझ नेपालको कृषि, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रहरुमा लगानी गर्न आह्वान गरेको बताए ।