
कैलाली, चैत १८ । प्रदेश नम्बर ७ को दुई वटा मन्त्रालय एउटै भवनमा राखिँदा काम गर्न समस्या भएको सम्बन्धित मन्त्रालयका मन्त्रीले बताएका छन् ।
तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय एउटै भवनमा राखिएको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालयको भवनमा रहेको दुबै मन्त्रालयमा ठाउँ अभाव हुँदा काम गर्न समस्या भएको अर्थमन्त्री झपट बोहराले बताए ।
ठाउँ सानो तर विभाग धेरै भएको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बढी समस्या परेको छ ।
एउटै कोठाबाट दुई÷दुई वटा विभाग सञ्चालन गर्नुपरेको भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस्