२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्रीको भारत भ्रमण कस्तो रहला ! के भन्छन् परराष्ट्रविद् ? (भिडियो)


0
Shares

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति नजिकिएसँगै भ्रमणका एजेन्डा बारे चर्चापरिचर्चा सुरु भएका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण मिति र समयतालिका निश्चित भए पनि एजेन्डा भने तय हुन बाँकी छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको एजेण्डा तयारी भइरहेको जनाएको छ ।

विगतमा हरेका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राजनीतिक एजेण्डाले प्राथमिकता पाउने गरेको थियो । यस्तै, विगतका सन्धि सम्झौताको पुनरावलोकन र दुई देशको व्यापार घाटाको चर्चा हुने गरे पनि ती चर्चा मै सिमित हुन्थे । तर, प्रधानमन्त्रीको यस पटकको भ्रमणमा राजनीतिकभन्दा आर्थिक एजेण्डाले प्राथमिकता पाउनुपर्ने आवाज उठिरहेको छ ।

के भन्छन् परराष्ट्रविद् ! भिडियो हेर्नुहोस्