१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सीमावर्ती भारतीय क्षेत्रमा बर्डफ्लु, नेपालमा पनि सतर्कता अपनाउन थालियो


0
Shares

सुनौलीस्थित बेलहिया नाकासँग सीमाना जोडिएको भारतको महाराजगञ्ज जिल्लामा बर्डफ्लु देखिएको जानकारी आएपछि नवलपरासीसहित रुपन्देहीमा उच्च सर्तकता बढाइएको हो ।

सुनौली नाकाबाट ३ किलोमिटरको दूरीमा रहेको भारतको निचलौल वरपरको क्षेत्रमा बर्डफ्लु देखिएको भारतीय सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

त्यसलगत्तै भारतीय सीमासँग जोडिएका नेपालका दुई जिल्लामा जिल्ला पशुसेवा कार्यालयसहित सुरक्षाकर्मीहरुको बैठक बसेर उच्च सतर्कतासहित निगरानी बढाइएको हो ।

बर्डफ्लुबारे जानकारी दिन आइतबार परासीमा बसेको पशु चिकित्सक, सुरक्षाकर्मी, पंक्षीपालक संघ र सरोकारवालाहरुको संयुक्त बैठकले नवलपरासीका नाकाहरुमा निगरानी बढाउँदै अवैध रुपमा आउने पंक्षी तथा पंक्षीजन्य पदार्थमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।