
आइतबार नेप्से २४ अंकले झरेर ११९६ मा आएर थामियो । कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूहमा सबैभन्दा उच्च १४८ अंकको गिरावट आयो ।
जलविद्युत समूहमा ३७, विकास बैंक समूहमा ३६, होटल समूहमा २७, लघुवित्त समूहमा २६, वाणिज्य बैंक समूहमा पनि २२ अंकको गिरावट आयो ।
उत्पादनमूलक समूहमा पनि दोहोरो अंकले घट्दा वित्त समूह भने सामान्य अंकले रातो रह्यो ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीको १२ लाख ७३ हजार कित्ता शेयर जम्मा ३१ करोड २४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्