Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत क्षेत्र प्राथमिकतामा


0
Shares

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले वीरेन्द्रनगरमा गरेको कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत विषयक कार्यक्रम उदघाटन गर्दै मुख्यमन्त्री शाहीले आगामी दश वर्षभित्र कर्णाली प्रदेशमा रहेका जलाशयबाट लाइसेन्स लिएका कम्पनीहरुले विद्युत उत्पादन गरेमा प्रदेशले समृद्धिको फड्को मार्ने बताए ।

मुख्यमन्त्री शाहीले लगानीकर्तालाई लगानीको प्रतिफल नउठुन्जेल कर नलगाउने घोषणा समेत गरे । उनले लगानीको सुरक्षा र नाफाको ग्यारेन्टी प्रदेश सरकारले दिने हुँदा ढुक्कले लगानी गर्न आग्रह गरे ।

कर्णाली प्रदेश जलविद्युत विकासको हिसावले सवैभन्दा राम्रो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा सामूहिक ढंगले ठूलो स्तरको लगानी आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा लगानी गर्न नीजि क्षेत्रलाई सहज हुनेमा आफु विश्वस्त रहेको बताए ।

नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनैतिक वातावरण अनुकुल रहेको पुष्टी हुने उनको भनाइ छ ।