
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी स्टील र आल्मुनियममा कर बढाउने निर्णय गरेपछि चीनले यो कदम चालेको हो । अमेरिकाबाट आयात हुने बंगुरको मासु र वाइनसहित १ सय २८ बस्तु र सामानमा चीनले २४ प्रतिशतसम्म भन्सार शुल्क बढाएको हो ।
चीनको यो निर्णयले अमेरिकालाई ३ अर्ब डलर बराबरको नोक्सानी हुनेछ । अमेरिकाले हालै लागू गरेको नयाँ कर प्रणालीले पारेको क्षति न्यूनीकरणका लागि करसम्बन्धी नयाँ नियम लागू गरिएको चीन सरकारले जनाएको छ ।
अमेरिकासँग ब्यापार युद्ध नचाहेको यद्यपि अमेरिकाले आफ्नो अर्थतन्त्रमा तलमाथि गरे चुप लागेर नबस्ने चेतावनी चीनले यसअघि नै दिएको थियो ।
चीनको यस भनाईप्रति जवाफ दिंदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने ब्यापार युद्ध भएमा अमेरिकाको जित सुनिश्चित रहेको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्