
सोमबार राजधानीमा एमाले प्रचार विभागद्वारा स्थापित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै उनले उपयुक्त समयमा माओवादी केन्द्रसंँग एकता हुने र समाजवादी दृष्टिकोणबाट कम्युनिष्ट पार्टी अगाडि बढ्ने बताए ।
राष्ट्रिय एकतासहितको सुशासन सरकारको लक्ष्य रहेको भन्दै उनले कम्युनिष्ट सरकारबाट कोही विचलित हुनु नपर्ने बताए ।
उनले दीगो विकासको लक्ष्य हासिल गर्नका लागि मुलुक समृद्धितर्फको यात्रामा अगाडि बढिरहेको बताए ।
दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित हुने भन्दै विकासको काममा हातेमाले गरी अगाडि बढ्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सरकारले बाह्य लगानी आकर्षित गर्नका लागि योजना बनाएको बताए ।
अनावश्यक विवाद र बहसमा अलमल गर्ने समय सरकारसँग नभएको भन्दै विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि उनले आह्वान गरे ।
कार्यक्रममा यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार, लेखक, राजनीतिज्ञ कमल कोइरलालाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार ५५५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्