२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रदेश–१ प्रदेशसभाद्वारा आर्थिक कार्यविधि ऐन पारित


0
Shares

यही चैत १४ गतेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले प्रदेश आर्थिक विधेयक प्रदेशसभामा पेस गरेका थिए ।

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले बाढीपीडितहरुको समस्या समाधान गर्न माग गरेका थिए ।

सांसदहरु विद्या कार्की, मोहनकृष्ण खड्का, यशोदा अधिकारी, झलकबहादुर मगर, विमल कार्की, सावित्रा रेग्मीले प्राकृतिक प्रकोपका कारण समस्यामा परेका जनताहरुको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रदेशसभाको अर्को बैठक यही चैत २८ गते बस्नेछ ।