२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मलेसिया जानेको संख्या बढ्यो


0
Shares

श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।

श्रमबजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए ।

‘विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ’–पाण्डेले भने ।

मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् ।

आव २०७०/७१ मा मलेसिया जाने दुई लाख १४ हजार १४९ थिए भने आव २०७२/७३ मा ६० हजार ९७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो ।

यस्तै, २०७०/७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२/७३ मा एक लाख २९ हजार ३८ जना कतार पुगेका थिए । रासस