
दक्षिण कोरियाको सरकारी सन्चारमाध्यम ‘योनहाप’काअनुसार दक्षिण कोरियाली कलाकार समूहको कार्यक्रम हेर्ने किम उत्तर कोरियाको पहिलो नेता हुन् । कार्यक्रममा किमकी श्रीमती र बहिनी पनि उपस्थित थिए ।
‘स्प्रिङ इज कमिङ’ अर्थात् ‘वसन्तको आगमन हुँदैछ’ नाम दिइएको कार्यक्रम उत्तर कोरियाको प्योङयाङस्थित ग्रान्ट थिएटरमा भएको थियो ।
कार्यक्रम सकिएपछि किमले कलाकारहरूसँग कुराकानी गर्दै तस्वीर पनि खिचाएका थिए ।
किम र दक्षिण कोरियाका राष्ट्रपतिबीच शिखर वार्ताको तयारी हुँदैगर्दा दक्षिण कोरियाली कलाकारहरू दशककै पहिलो भ्रमणकारुपमा प्योेङयाङ पुगेका हुन् । उनीहरुले प्योङयाङमा ११ ओटा कार्यक्रम गर्दैछन् ।
उत्तर कोरियाले पनि गत महिना दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न ओलम्पिक्स्मा आफ्ना कलाकार पठाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्