१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


श्वेतपत्र व्यावसायिक ढंगले आएन, नकारात्मक पाटोमात्र देखाउन खोजियो : डा. महत


0
Shares

सरकारले श्वेतपत्रमार्फत् जुन अवस्थाको अर्थतन्त्र चित्रण गरेको छ, त्यो सही नभएको उनको भनाइ छ ।

सोमबार राजधानीमा सन्चारकर्मीसँग कुरा गर्दै उनले श्वेतपत्र व्यावसायिक ढंगले आउन नसकेको टिप्पणी गरे ।

श्वेतपत्रले अर्थतन्त्रको यथार्थताभन्दा खराब अवस्थामात्र देखाएको भन्दै जति खराब भनिएको छ, त्यति खराब नभएको उनको तर्क छ ।

तथ्यांकलाई गलत ढंगले तुलना गरिएको श्वेतपत्र श्वेत नभइ ‘रेडपेपर’जस्तो भएको डा. महतको आरोप छ ।

वित्तीय अराजकता बढेको सही हो र यसलाई नियन्त्रण गर्नुपर्नेमा श्वेतपत्रले जोड दिनु सकारात्मक भएपनि अन्य अर्थतन्त्रको सकारात्मक पक्ष नदेखाइएको उनको गुनासो छ ।

२७१ अर्ब ‘रिजर्भ’ रहेको अवस्थामा ‘ढुकुटी रित्तियो’ भन्नु गलत भएको उनको भनाइ छ ।

९० को दशकमा सबैभन्दा बढी उद्योग बढेको, आयात–निर्यात अनुपात ५० प्र्रतिशत पुगेको, पछिल्लो दुई वर्षमा मूल्यवृद्धि कम भएको, २५ वर्षमा राजश्व ६२ गुणाले बढेको, कुल गार्हस्थ उत्पादनमा करको अनुपात २४ प्रतिशत पुगेको, जुन दक्षिण एसियाकै सबैभन्दा राम्रो रहेको उनको दाबी छ ।

यस्तै, बजेट घाटा कम रहेको, सार्वजनिक ऋण धेरै नभएकाले अझै पर्याप्त अवसर रहेको, सरकारी खर्चमा विदेशी परनिर्भरता घटेकोजस्ता सकारात्मक पक्ष सरकारले नदेखाएको डा. महतको गुनासो छ

‘निजीकरण हचुवाको भरमा भएको’ भन्ने आरोप हचुवा अभिव्यक्ति भएको उनले उल्लेख गरे ।

धेरै अध्ययन गरेर, कानुन बनाएर, प्रक्रिया पूरा गरेर र विपक्षीहरुसमेतको सहमतिमा विधिसम्मत् ढंगले हरेक ‘मोडालिटी’ अपनाएर थालिएको निजीकरण अभ्यास ठीक किसिमले अगाडि बढिरहेको उनको भनाइ छ ।

निजीकरणबाट सरकारलाई घाटा नभएको उनले स्पस्ट पारे ।

सेयरको मूल्य माग र आपूर्तिमै तय हुने भएपनि पुँजीबजार लगानीको वातावरणको सूचक भएको उनको भनाइ छ । पुँजीबजारको गिरावट सरकारप्रतिको अविश्वास नै भएको उनको दाबी छ ।