काठमाडौं, मंसिर ७ । आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने भएका छन् ।
शुक्रबार बिहान फाइनलको समीकरण पुरा भएको हो । बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुनुपूर्व ११२ रन जोड्यो । जवाफमा ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि पहिलो सेमिफाइनलमा आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल खेल आगामी आइतबार एन्टिगुवामा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्