
नहर निर्माण गर्न सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि उनीहरुले जनश्रमदानबाट सिँचाइ कुलो निर्माण गरेका हुन् ।
शितलपोखरीमा सिंचाई नहर निर्माण सकिएसँगै दुई सय घरधूरीलाई सहज भएको छ । पुरै गाउँलाई सिँचाइ गर्न पुग्ने गरि सिंचाई नहरको निर्माण गरिएकाले अब खेतबारीमा सिँचाइ गर्न सहज हुने स्थानीय कृषक श्रीकुमार शर्माले बताए ।
सिंचाई नहर निर्माणका लागि करिव ५ लाख बराबरको श्रमदान गरिएको स्थानीयले बताएका छन् । मुसिकोट नगरपालिकाको पानाखोलाको मुहानबाट शितलपोखरी र चाँपामा रहेको सिंगो वडालाई पुग्ने गरि सिंचाई नहर निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्