१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चितवनमा बन्ने भयो ‘सहकारी संग्रहालय’


0
Shares

‘नेपालकै पहिलो सहकारी’ बखान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी संग्रहालय निर्माणकार्य अघि बढाएको हो ।

संग्रहालयको मंगलबार एक कार्यक्रमकाबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिलान्यास गरे ।

देशका ३६ हजार सहकारीहरुमध्येको बखान बहुउद्देश्यीय सहकारी संस्था पहिलो हो । ४ विगाहा जग्गा संग्रहालयका लागि छुट्टाइएको छ ।

अहिले दुईतले भवन ५ करोड १५ लाख रुपैयाँको लगातमा ५ कठ्ठामा बन्ने बखान बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोहनसिंह लामाले जानकारी दिए ।

दुई वर्षभित्र संग्रहालको भवन निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । आगामी वैशाख २ गते भवन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिने जनाइएको छ ।

सहकारी संग्रहालयमा संस्थापक अध्यक्षको हातबाट लेखिएको तमसुक, वि.सं. २०११ सालमा राप्ती दून परियोजनाका लागि ढड्डी फाँड्न प्रयोग गरिएको औजार, उपकरण, ऐतिहासिक पूराना पैसाहरु र अरु बहमूल्य समानहरु राखिनेछ ।

संग्रहालयमा देशभरका ३६ हजार सहकारीको पहिचान हुनेगरी केही सामग्रीहरु पनि राखिने जनाइएको छ ।