अन्तर्राष्ट्रिय बजार हिस्सा बढेर १० प्रतिशत पुगेको निगमको दाबी छ ।
निगमको अवस्थाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ६ वर्षअघि ७ प्रतिशत रहेको बजार हिस्सा सन् २०१७ सम्म १० प्रतिशत पुगेको बताए ।
उनले आगामी १८ महिनाभित्र ८ ओटा नयाँ जहाज खरिद गर्ने तयारी गरिरहेको पनि बताए ।
निगमले सन् २०१५ मा अन्तर्राष्ट्रिय उडानका लागि दुईओटा एअरबस खरिद गरेको थियो ।
आगामी असारभित्र दुईओटा वाइडबडी विमान ल्याएर लामो रुटमा उडान गर्ने तयारी गरिरहेको उनले उल्लेख गरे ।
वाइडबडी आएपछि कम्तीमा वार्षिक पाँच अर्ब रुपैयाँको व्यापार बढ्ने निगमको अनुमान छ । विमान थपिएपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने निगमले जनाएको छ ।
वाइडबडी विमानका लागि ६० प्रतिशत विदेशी पाइलट ल्याउने तयारी गरिरहेको पनि निगमले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्